चीनले संसारकै व्यवस्था बिगार्न सक्छः एन्टोनी ब्लिंकन
एजेन्सी। अति महत्वाकांक्षी र आक्रामक नीतिका कारण चीनले संसारकै व्यवस्था बिगार्न सक्ने चिन्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले गरेका छन्। ब्लिंकनले भने, ‘‘चीनमात्रै एउटा यस्तो देश हो, जो सैन्य, आर्थिक, कूटनीतिक र राजनीतिक रुपमा स्थापित नियम–कानुन बिगार्न कोशिस गर्ने क्षमता राख्छ।’’ मंगलबार ‘‘सिनेट एप्रोप्रिएसन कमिटी’’मा बोल्दै उनले अमेरिका–चीन सम्बन्ध सबैभन्दा महत्वपूर्ण र जटिल रहेको बताए।
प्रतिक्रिया दिनुहोस्