पाकिस्तान–अफगानिस्तान सम्बन्ध चिसिँदो एजेन्सी। पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय वाकयुद्ध चर्कंदै गएको छ। अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्ला मोहिबले पाकिस्तानलाई ‘वेश्यालय’को संज्ञा दिएपछि दुई देशबीच तनाव बढेको हो। विवाद बढ्दै जाँदा अफगानिस्तानका राष्ट्रपति असरफ गनी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच पूर्वनिर्धारित टेलिफोन वार्तासमेत रद्द गरिएको छ। हालै राष्ट्रपति गनीले तालिबानलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप लगाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्