बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस लण्डन। नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। भर्चुअलरूपमा सम्पन्न समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका थिए। सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्