भारतमा इन्धनको मूल्यवृद्धिको विरोधमा शुक्रबार कंग्रेसको विरोध प्रदर्शन एजेन्सी। भारतमा पेट्रोल–डिजेलको भाउ लगातार बढेपछि विपक्षी कंग्रेसले शुक्रबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ। कंग्रेसका अनुसार शुक्रबार कार्यकर्ताले देशका पेट्रोल पम्पहरुमा प्रतिकात्मक विरोध प्रदर्शन गर्ने छन्। इन्धनको मूल्यवृद्धिका साथै आर्थिक मन्दी, बढ्दो बेरोजगारी र अकासिँदो बजारभाउका बारेमा सरकारको ध्यानाकर्षण गर्ने पार्टीको उद्देश्य रहेको छ। विरोध प्रदर्शनका क्रममा कोरोना संक्रमणलाई भने ध्यान दिइने पनि कंग्रेसले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्