नेपाल–पाकिस्तानबीच सहकार्य हुनुपर्छ : विदेशमन्त्री कुरेशी
काठमाडौं। पाकिस्तानका विदेशमन्त्री मोहमद कुरेशीले नेपाल र पाकिस्तानबीच पारस्परिक हितका सबै क्षेत्रमा सहकार्य हुनुपर्ने बताएका छन्। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा विदेशमन्त्री कुरेशीले नेपाल र पाकिस्तानबीच सुदृढ सहकार्यमा जोड दिएका हुन्। भेटका क्रममा उनले दुई देशबीचको सम्बन्धको महत्वबारे समेत प्रकाश पारेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। उनले नेपालको परराष्ट्रमन्त्री नियुक्त भएका रघुवीर महासेठलाई राजदूतमार्फत बधाई समेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्