कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एम्बुलेन्स खरीद प्रकरणमा जोडिएका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई आज बिहान आफ्नै निवासमा बोलाएर सोधपुछ गरेका छन्।
मुख्यमन्त्री भट्टले मन्त्री सुवेदीलाई एम्बुलेन्स खरीदको विषयमा आएका समाचारमा प्रष्टिकरण सोध्नुका साथै त्यस सम्बन्धमा सत्यतथ्य कुरा आजै बाहिर ल्याउन निर्देशनसमेत दिए।
मुख्यमन्त्री भट्टले सञ्चारमाध्यममा आएका अनियमितताको समाचारप्रति पहिलो पटक मन्त्रीलाई सोधपुछ गरेका हुन् ।
काम नलाग्ने र थन्किएका पुरानो मोडेलका मिनि ट्रकलाई अत्याधुनिक एम्बुलेन्स भन्दै सामाजिक विकास मन्त्रालयले करोडौं रूपैयाँ अनियमितता गरेको समाचार देखापढीमा प्रकाशित भएको थियो।
अत्याधुनिक भनेर सुदूरपश्चिमका नौ वटा जिल्लामा बाँडिएका १६ वटा एम्बुलेन्स २०१४ मोडेलका छन्।
४०७/०३१-४ २१२१ मोडेलका ट्रक हाल प्रयोगमै छैन। उत्पादन कम्पनी टाटाले यो ट्रक उत्पादन र बिक्री वितरणसमेत बन्द गरिसकेको छ।
२० कात्तिकमा प्रदेश सरकारबाट वितरण भएका केही एम्बुलेन्स त बिग्रिएर थन्किसकेका छन्।
पढ्नुहोस्:
अत्याधुनिक एम्बुलेन्स भन्दै सुदूरपश्चिम सरकारले बाँड्यो पुराना मिनि ट्रक
प्रदेश सरकारले दोब्बर मूल्यमा किनेका एम्बुलेन्स दुई महीनामै बिग्रिए!
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एम्बुलेन्स खरीद प्रकरणमा जोडिएका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई आज बिहान आफ्नै निवासमा बोलाएर सोधपुछ गरेका छन्।

">