गैंडा सुटर खड्ग गुरुङलाई सेनाले पक्राउ गरी प्रशासनलाई बुझायो
काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गण र निकुञ्ज प्रशासनसहितको टोलीले गैंडा सुटर सोम गुरुङ्ग भनेर चिनिने खड्ग गुरुङ्गलाई पक्राउ गरेको छ। नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–३ डढेली निवासी गुरुङलाई पक्राउ गरी सेनाले निकुञ्ज प्रशासन कार्यालय कसरालाई दोहोरो भरपाई गरी बुझाएको छ। उनलाई मंगलबार पक्राउ गरिएको नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्