विराटनगर। नेपालको दोश्रो ठूलो नाका विराटनगर प्रवेश गर्ने भारतको बथनास्थित मीरगञ्ज पुल आजदेखि मर्मतको कारण देखाएर बन्द गरिएको छ।
यसअघि पनि मर्मतको लागि भन्दै नौ दिन पुल बन्द गरिएको थियो। भारतले आजदेखि ६ माघसम्मलाई सो पुल बन्द गरेको हो।
विराटनगर भन्सार कार्यालयका अनुसार भारतले तेस्रो मुलुकबाट सामान लिएर आएका सवारीलाई मात्र वैकल्पिक सडक प्रयोग गर्न दिने भनेको छ।
भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले भारतीय अनुमण्डल पदाधिकारीबाट पुल बन्दको जानकारी पत्र प्राप्त भएको देखापढीलाई बताए।
आफूहरुले अनुरोध गर्दा भारतीय पक्षले मर्मत गर्न बन्द गर्नैपर्छ भनेको उनको भनाइ छ।
जोगवनी हुँदै विराटनगर भन्सारबाट दैनिक सरदर ३०० वटा कन्टेनर सामान नेपाल भित्रिन्छ। त्यसमा अधिकांस ओद्योगिक कच्चा पदार्थ छन्।
मीरगञ्ज पुल बन्दको असर दैनिक राजस्व संकलन र उत्पादन क्षेत्रमा परेको छ। विराटनगर भन्सार कार्यालयमा दैनिक करीब १४ करोड राजस्व संकलन हुने कार्यालयले जनाएको छ।
पुल बन्दका कारण मालबाहक सवारी भित्रिन नपाउँदा करोडौंको राजस्व प्रभावित हुने भएको छ।
"हामीकहाँ आउने औद्योगिक कच्चा पदार्थको ६० प्रतिशत बढी भारतकै खपत हुन्छ, विकल्प नदिँदा त उसको पनि अर्थतन्त्रमा असर पर्छ। नेपाल-भारत दुवै सरकारले यसको दीर्घकालीन निकासका लागि लाग्न जरुरी छ। हामीले पटकपटक घच्घच्याइरहेका छौं।"
"वैकल्पिक रुट प्रयोगका लागि तेस्रो मुलुकबाट आयात हुने सामाग्रीलाई मात्र भारतले अनुमति दिएको छ", पौडेलले भने।
दैनिक १३/१४ कन्टेनर कृषिजन्य तथा औद्योगिक कच्चा पदार्थ मात्र तेस्रो मुलुकबाट आयात हुन्छ।
दुई पक्षीय छलफलका क्रममा भारतीय पक्षले तेस्रो मुलुकबाट आएका मालबाहक सवारीलाई वीरपुर-भाण्टाबारी सडक प्रयोग गर्न अनुमति दिएपनि भारतबाट सामाग्री लिएर आएका सवारीलाई वैकल्पिक सडक प्रयोग गर्न अनुमति दिएको छैन।
पुल मर्मतका लागि भन्दै भारतले गत १९ डिसेम्बरदेखि मालवाहक सवारी साधन आवत-जावतमा रोक लगाएको थियो।
एकतर्फी पुलको मर्मत सकेर भारतले २७ डिसेम्बर रातिदेखि सवारी आवागमन सुचारु गरेको थियो। लगत्तै भारतले पुनः ११ दिन बन्द गरेको छ।
२०७४ सालमा बाढीले क्षति पुर्याएको मीरगञ्ज पुल आठ महीनापछि सञ्चालनमा आएको थियो।
त्यसबेला वीरपुर भाण्टाबारी नाका प्रयोग गर्दै आयात-निर्यात भएको थियो।
मीरगञ्ज पुल विराटनगर भन्सार नाकासँग जोड्ने एक मात्र विकल्प हो। तर, भारतीय पक्षले पुलको नाममा पटकपटक सडक बन्द गर्दै आएको छ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा विराटनगरका उद्योगी अविनाश बोहरा मीरगञ्ज पुल बन्दको असर नेपाललाई मात्र नभएर स्वयं भारतलाई नै बढी पर्ने हुँदा वैकल्पिक रुटका लागि संवेदनशील बनेर भारतले नै सहज बनाइदिनुपर्ने बताउँछन्।
"हामीकहाँ आउने औद्योगिक कच्चा पदार्थको ६० प्रतिशत बढी भारतकै खपत हुन्छ, विकल्प नदिँदा त उसको पनि अर्थतन्त्रमा असर पर्यो नि", बोहराले भने, "नेपाल-भारत दुवै सरकारले यसको दीर्घकालीन निकासका लागि लाग्न जरुरी छ। हामीले पटकपटक घच्घच्याइरहेका छौं।"
जोगवनी हुँदै भित्रिले मालबाहक सवारी पुल बन्द हुँदा वीरगंजबाट आउने भएकाले प्रदेशको अर्थतन्त्रमा पर्ने प्रभावबारे उद्योगीहरुले प्रदेश १ सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।
" /> विराटनगर। नेपालको दोश्रो ठूलो नाका विराटनगर प्रवेश गर्ने भारतको बथनास्थित मीरगञ्ज पुल आजदेखि मर्मतको कारण देखाएर बन्द गरिएको छ।

">