काठमाडौं। अत्याधुनिक एम्बुलेन्स भन्दै काम नलाग्ने र थन्किएका पुरानो मोडेलका मिनि ट्रक बाँडेर करोडौं अनियमितता गरेको सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सभाको लेखा समितिले समेत चासो देखाएको छ।
लेखा समिति संयोजक सांसद नन्दाकुमारी बमले सामाजिक विकास मन्त्रालयलाई एम्बुलेन्स खरीद प्रक्रियाको फाइल पेश गर्न भनिएको बताइन्।
बमका अनुसार आजैबाट खरीद प्रक्रियाको छानबिन शुरु गरिने छ।
आजै बिहान मुख्यमन्त्री त्रिलोचन भट्टले एम्बुलेन्स खरीद प्रकरणमा जोडिएका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई बोलाएर एम्बुलेन्स खरीदको विषयमा आएका समाचारमा प्रष्टिकरण सोधेका छन्।
मुख्यमन्त्री भट्टले खरीदसम्बन्धी सत्यतथ्य आजै बाहिर ल्याउन मन्त्री सुवेदीलाई निर्देशनसमेत दिए।
पुरानो मोडेलका मिनि ट्रकलाई अत्याधुनिक एम्बुलेन्स भन्दै सामाजिक विकास मन्त्रालयले करोडौं रूपैयाँ अनियमितता गरेको समाचार देखापढीमा प्रकाशित भएको थियो।
अत्याधुनिक भनेर सुदूरपश्चिमका नौ वटा जिल्लामा बाँडिएका १६ वटा एम्बुलेन्स २०१४ मोडेलका छन्।
२० कात्तिकमा प्रदेश सरकारबाट वितरण भएका केही एम्बुलेन्स त बिग्रिएर थन्किसकेका छन्।
पढ्नुहोस्:
एम्बुलेन्स खरीद प्रकरण: सुदूरपश्चिमका मुख्यमन्त्रीले सामाजिक विकासमन्त्रीलाई सोधे स्पष्टीकरण
अत्याधुनिक एम्बुलेन्स भन्दै सुदूरपश्चिम सरकारले बाँड्यो पुराना मिनि ट्रक
प्रदेश सरकारले दोब्बर मूल्यमा किनेका एम्बुलेन्स दुई महीनामै बिग्रिए!
" /> काठमाडौं। अत्याधुनिक एम्बुलेन्स भन्दै काम नलाग्ने र थन्किएका पुरानो मोडेलका मिनि ट्रक बाँडेर करोडौं अनियमितता गरेको सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सभाको लेखा समितिले समेत चासो देखाएको छ।

">