काममा आलटाल गर्ने ठेकेदारलाई कारबाही गर्छौं: मन्त्री नेम्वाङ

फिदिम। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काममा आलटाल गर्ने ठेकेदारलाई कारबाही गर्ने बताएका छन्।

"संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारबाही गर्छौं", मन्त्री नेम्वाङले फिदिममा पत्रकारसँग भने, “ठेकेदारहरू सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो।”

रुग्ण आयोजनाहरूको छिटो निर्माण सम्पन्न गर्ने कामलाई सरकारले उच्च प्राथमिकता राखेको मन्त्री नेम्वाङको भनाइ छ।

ठूला पूर्वाधारका आयोजना निर्माण गर्न निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने उल्लेख गर्दै मन्त्री नेम्वाङले भने,“समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुनेजस्ता समस्या समाधान गर्न मन्त्रालयको विशेष ध्यान दिएको छ।”

पुष्पलाल (मध्यपहाडी) लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत अनुगमन गर्न मन्त्री नेम्वाङ फिदिम आएका हुन्। रासस

प्रतिक्रिया दिनुहोस्