काठमाडौं। संस्थापन पक्षले एकपक्षीय ढंगले महाधिवेशन कार्यतालिका ल्याएको भन्दै काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भेटेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’ मा आएका जिल्ला सभापतिहरूलाई देउवाले बूढानिलकण्ठस्थित आफ्नो निवासमा आज चियापानको लागि बोलाएका थिए।
पार्टी र भ्रातृ संगठनलाई विधानत: अघि बढाउन, सबै नेताहरूलाई सहमतिका साथ लिएर निर्णय गर्न माग गर्ने परामर्श बैठकको निष्कर्षलाई सभापतिसमक्ष लिखित रुपमा पेश गरिएको संखुवासभा जिल्ला सभापति दिपन श्रेष्ठले जानकारी दिए।
"हाम्रो लिखित सुझावप्रति सभापतिज्यू सकारात्मक देखिनुभएको छ", श्रेष्ठले भने।
'मैले तपाईँहरूको कुरा बुझेको छु, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नेछु', सुझावप्रति सभापति देउवाको जवाफ उद्धृत गर्दै उनले भने।
जिल्ला सभापतिहरूको तर्फबाट काभ्रेका सभापति मधु आचार्यले तीन दिने परामर्श बैठकको लिखित सुझाव पेश गरेका थिए।
सभापतिहरूसँगको भेटघाटका क्रममा उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रकाशशरण महत, विमलेन्द्र निधि लगायतका नेताहरूको उपस्थिति थियो।
संस्थापन पक्षले असन्तुष्ट पक्षको सहभागिताबिनै १४औं महाधिवेशन कार्यतालिकासहित विभिन्न निर्णय गरेपछि असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूको आव्हानमा २१-२३ पुसमा जिल्ला सभापतिहरूको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा परामर्श बैठक भएको थियो।
" /> काठमाडौं। संस्थापन पक्षले एकपक्षीय ढंगले महाधिवेशन कार्यतालिका ल्याएको भन्दै काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भेटेका छन्।

">