काठमाडौं। सरकारले रेल्वे विधेयक राष्ट्रिय सभामा पेश गरेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक छलफलका लागि राष्ट्रिय सभामा पेश गरेका हुन्।
विधेयकमा टिकट बिना यात्रा गर्ने व्यक्तिसँग २५ हजार रूपैयाँसम्म जरिवाना असुल गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले जनकपुर-जयनगर रेल सञ्चालनको तयारी पूरा गरेपछि रेल्वे विधेयक अनुमोदनको लागि राष्ट्रिय सभामा पेश गरेको हो। जनकपुर-जयनगर रेलको ३४ किलोमिटर ट्रयाक निर्माण भइसकेको छ।
उक्त ट्रयाकमा चलाउनको लागि रेल भारतमा निर्माण भइरहेको छ। माघ महीनाको मध्यसम्ममा रेल नेपाल आइसक्ने रेल विभागले बताएको छ।
राष्ट्रिय सभामा पेश गरेको विधेयकमा टिकट बिना यात्रा गर्ने यात्रुलाई २५ हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकारी रेल स्टेशन प्रमुखलाई दिइएको छ।
विधेयकमा मेट्रो तथा मोनो रेलको विकास तथा विस्तारका लागि आवश्यक संरचना, कर्मचारी भर्ना, बोर्ड र सुरक्षा इकाई, विदेशी भूमिमा सञ्चालनलगायतका प्रावधान समेटिएका छन्।
" /> काठमाडौं। सरकारले रेल्वे विधेयक राष्ट्रिय सभामा पेश गरेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक छलफलका लागि राष्ट्रिय सभामा पेश गरेका हुन्।विधेयकमा टिकट बिना यात्रा गर्ने व्यक्तिसँग २५ हजार रूपैयाँसम्म जरिवाना असुल गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले जनकपुर-जयनगर रेल सञ्चालनको तयारी पूरा गरेपछि रेल्वे विधेयक अनुमोदनको लागि राष्ट्रिय सभामा पेश गरेको हो। जनकपुर-जयनगर रेलको ३४ किलोमिटर ट्रयाक निर्माण भइसकेको छ।

">