युवकको हत्या अभियोगमा पाँच पक्राउ
बुटवल।लुम्बिनी सांस्कृतिक नगरपालिकामा जेठ २२ गते ३५ वर्षीय महेन्द्र यादवको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न रहेको अभियोगमा स्थानीय बलजीत पासी, दुर्गेश पासवान, राकेश यादव, सञ्जय पासी र सर्वजीत विश्वकर्मालाई पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले बताए।
प्रतिक्रिया दिनुहोस्