पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने
काठमाडौं। नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। वर्षा हुन थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षा हुनेछ। "मनसुनको निगरानी गरिरहेका छौं, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ," पौडेलले भने।
प्रतिक्रिया दिनुहोस्