काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रमा समृद्धि नआएसम्म देश समृद्ध नहुने बताएका छन्।
उनले देश समृद्ध बन्नुअघि निजी क्षेत्र समृद्ध बन्नु पर्ने बताएका हुन्।
नेपाल आर्थिक प्रत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा राज्यमन्त्री दुगडले अब निजी क्षेत्रलाई समृद्ध बनाउने समय आएको बताए।
निजी क्षेत्र सम्पन्न भएमा स्वदेशी लगानीको स्तर बढ्ने भन्दै उनले भने “स्वदेशी लगानीको अवस्था नबढेसम्म विदेशी लगानीको आश गर्न सकिँदैन।” अहिले लगानीकर्ताको मनोबल घट्दै गएकाले त्यसलाई पुरानै अवस्थामा फर्काउनुपर्ने चुनौती आएको छ।
स्वदेशी लगानीका साथै विदेशी लगानी बढ्दा देशमा आन्तरिक रोजगारी बढ्ने र देश विकासको बाटोमा लम्किने उनको तर्क छ। तर, हाल लाखौं युवा खाडी मुलुकमा रोजगारीका क्रममा विदेशीएका छन्।
सरकारी उद्योग कलकारखाना तथा संस्थानहरूलाई नाफामा लैजान मन्त्रालयले निर्देशन दिइसकेको उनले बताए।