चीनले आफ्नै अन्तरिक्ष केन्द्रमा रकेट पठाउँदै
एजेन्सी। चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ। चीनले पहिलो पटक तीन यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदै छ। उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन्। उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेसवाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्