दुई महिना मेलम्चीको पानी नआउने
काठमाडौं। उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन्। मेलम्ची खानेपानी विकास समितिले असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो।सुरुङ खाली गर्न र सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ। सुरुङ परीक्षण,सुधार र पुनः पानी भर्नका लागि समय लाग्ने भएकाको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी दिएको छ।रासस
प्रतिक्रिया दिनुहोस्