जाजरकोट । जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । दैनिकजसो बिरामीलाई जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ ।
गत असारमै बिग्रिएपछि मर्मतका लागि भनेर नेपालगन्ज लगिएको एम्बुलेन्स बजेट नभएपछि ग्यारेजमै थन्किएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिईन् । तर चिकित्सक र कर्मचारीको सवारी साधन भने निरन्तर चलिरहेको छ । दुई वर्षअघि अस्पतालका तत्कालीन अध्यक्ष महेन्द्र शाहले पार्टीको कार्यक्रममा लिएर दुर्घटनामा परेको गाडी मर्मत गरी अहिले सञ्चालन भइरहेको छ ।
अस्पतालजस्तो संवेदनशील ठाउँमा एम्बुलेन्स नै नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । एम्बुलेन्सको अभावमा बिरामी बोकेर, स्ट्रेचरमा राखेर अस्पताल लाने र ल्याउने काम भएको स्थानीयवासी बताउँछन् ।
त्यस्तै हप्ता दिनदेखि जिल्ला अस्पतालको एक्सरे सेवा पनि बन्द भएको छ । चट्याङका कारण एक्सरे मेशिनमा समस्या आएपछि बिरामीले एक्सरे गर्न पाएका छैनन् । मेशिन मर्मतका लागि प्राविधिक बोलाएको अध्यक्ष बस्नेतको भनाई छ । अस्पतालमा कर्णाली प्रदेश सरकारले बजेट नपठाउँदा एम्बुलेन्स मर्मतमा समस्या आएको पनि बस्नेतले बताईन् । रासस
" /> जाजरकोट । जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । दैनिकजसो बिरामीलाई जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ ।गत असारमै बिग्रिएपछि मर्मतका लागि भनेर नेपालगन्ज लगिएको एम्बुलेन्स बजेट नभएपछि ग्यारेजमै थन्किएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिईन् । तर चिकित्सक र कर्मचारीको सवारी साधन भने निरन्तर चलिरहेको छ । दुई वर्षअघि अस्पतालका तत्कालीन अध्यक्ष महेन्द्र शाहले पार्टीको कार्यक्रममा लिएर दुर्घटनामा परेको गाडी मर्मत गरी अहिले सञ्चालन भइरहेको छ ।

">