स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण
तनहुँ। तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न पालिका,अस्पताल र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ। संघले सुरु गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान अन्तर्गत दश लाख बराबरको सहयोग गरेको हो। संघले तीन लाखबाट सुरुवात गरेको कोषमा हालसम्म ११ लाख जम्मा भएको छ। अक्सिजन सिलिन्डर, पीपीई,अक्सिमिटर, फेसशिल्ड, हेडक्याप,थर्ममिटर,मास्क, स्यानिटाइजर,डस्टविन, गमबुटलगायतका सामग्री उपलब्ध गराइएको संघका अध्यक्ष पविन्द्र श्रेष्ठले बताए।रासस
प्रतिक्रिया दिनुहोस्