सल्यानमा थप एक साता निषेधाज्ञा हुने
सल्यान। कोरोना संक्रमणलाई न्युनीकरण गर्ने उद्देश्यले जिल्लामा निषेधाज्ञा एक सात थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार जेठ २७ गते देखि लागू हुने गरी असार २ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाईएको हो। निषेधाज्ञाको अवधिमा बैंकहरु आईतबार, बुधबार र शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोलिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्