काठमाडौं। पश्चिम एशियाली देशमा कार्यरत नेपालीहरूको सुरक्षाका विषयमा समन्वय गर्न एक समिति समेत गठन गरिएको छ।
पछिल्लो समय अमेरिका र इरानबीच उत्पन्न तनाबले पश्चिम एशियाली देशमा कार्यरत नेपालीको सुरक्षामा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले आज समिति गठन गरेको हो।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतमा बसेको बैठकले परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख हरिशचन्द्र घिमिरे को संयोजकत्वमा अन्तरक्रिया समन्वय समिति गठन गरेको मन्त्रालयका सूचना अधिकारी, उपसचिव सुरेश अधिकारीले देखापढीलाई जानकारी दिए।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि छन्।
समितिले पश्चिम एशियामा विकसित घटनालाई क्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुरूप आवश्यकता अनुसार समन्वय गरी त्यस क्षेत्रका रहेका नेपालीको सुरक्षाका लागि तयारी गर्नेछ।
यसैबीच, पश्चिम एशियाली देशहरूको शान्ति र स्थायित्वमा खतरा ननिम्त्याउन आह्वान पनि गरिएको छ।
परराष्ट्रय मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सबै विवाद र मतभेदहरूलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्न समेत आह्वान गरेको हो।
इरानका सेनापति कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमणमा मारेपछि दुई देशबीच तनाव उत्पन्न भएको छ।
जवाफस्वरूप इरानले २४ पुसमा इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको थियो।
आक्रमणमा धेरै अमेरिकी सैनिकको मृत्यु भएको इरानी दाबीलाई अमेरिकाले भने अस्वीकार गरेको छ।
मिसाइल आक्रमणपछि इरान ओरालो लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड प्रतिक्रिया दिएका छन्।
पढ्नुहोस्
अमेरिका-इरान तनावः खाडीमा १० लाख नेपाली प्रभावित
मध्यपूर्वी देशका नेपाली कूटनीतिक नियोगलाई ‘हाई अलर्ट’मा रहन परराष्ट्र मन्त्रालयको निर्देशन