काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टी कानून ‘खतरा’ हुने बताएका छन्। “पार्टीले त भोलि मलाई हट्नु भन्यो भने हट्नुपर्छ। पर्सी बन्नु भन्यो भने बन्नुपर्छ। खतरा कानून हुन्छ क्या पार्टीको त”, उनले भने।
२१ पुसको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले ‘नेकपाले प्रदेश ३ को नामाकरण र राजधानी तोकेको विषयमा’ यस्तो जवाफ दिएका हुन्।
“सरकारले हस्तक्षेप गर्या छैन, यो देशमा दलीय व्यवस्था छ पार्टीले त के–के गर्छ नि”, उनले भने, “कानूनमा के–के छ पनि थाहा छैन, प्रदेशको राजधानी नाम कसरी तोकिन्छ।”
प्रदेश ३ को नामाकरण र राजधानी तोक्ने विषयमा सत्तारुढ नेकपाले हस्तक्षेप गरेको सम्बन्धमा सञ्चारकर्मीले उठाएको प्रश्नमा सञ्चारमन्त्री बाँस्कोटाले गोलमटोल जवाफ दिएका हुन्।
यस्तै बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ खरिद् प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने बताएका छन्। उनले संसदीय समितिलाई सरकारले आवश्यक सबै कागजपत्र उपलब्ध गराउने बताएका हुन्।
संसदीय समितिले कुरा उठाइसकेपछि सरकारले त्यसलाई नमान्ने कुरा नहुने भन्दै समितिलाई पनि तथ्यगत भएर सरकारलाई सुझाव दिन उनले आग्रह गरेका छन्।
सञ्चारमन्त्री बाँस्कोटाले आवश्यकता महसुस गरेर सरकारले सूचना प्रविधि विधेयक बनाएर संसदमा पठाएको उल्लेख गर्दै विषयगत समितिअन्तर्गतको उपसमितिले ३६ वटा विषयमा विधेयकलाई समृद्ध बनाएको र आठवटा बुँदा प्रमुख प्रतिपक्षी दलका विषयलाई सम्बोधन गरिएको दाबी गरे।
‘लोकतन्त्र ओठे भक्ति’ नभएको भन्दै लोकतन्त्रलाई कहीँबाट पनि प्रभाव पार्नु हुन्न भन्नेमा सरकार दृढ रहेको स्पष्ट पारे। उनले विधेयकका सम्बन्धमा अनावश्यक भ्रम छर्ने काम भएको पनि दाबी गरे।
यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्ने पक्षमा सरकार रहेको स्पष्ट पारेका छन्। प्रमुख प्रतिपक्षी दलको पनि सहमति खोजिएकाले आयोग पदाधिकारीको नियुक्तिमा केही ढिला भएको उनले बताए।
" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टी कानून ‘खतरा’ हुने बताएका छन्। “पार्टीले त भोलि मलाई हट्नु भन्यो भने हट्नुपर्छ। पर्सी बन्नु भन्यो भने बन्नुपर्छ। खतरा कानून हुन्छ क्या पार्टीको त”, उनले भने।२१ पुसको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले ‘नेकपाले प्रदेश ३ को नामाकरण र राजधानी तोकेको विषयमा’ यस्तो जवाफ दिएका हुन्।

">