कैलाली। संयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिमले प्रदेश सरकारले वितरण गरेका एम्बुलेन्स सुरक्षाको दृष्टिकोणले असुरक्षित भएको भन्दै नचलाउने निर्णय गरेको छ।
एम्बुलेन्स नै भन्न नमिल्ले, तरकारी ढुवानीमा आवश्यक मिनीट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरिएको बताउँदै संघले उक्त गाडीलाई एम्बुलेन्स भन्न नमिल्ने दाबी समेत गरेको छ।
संघका सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मण सिंहले प्रदेश सरकारले हस्तान्तरण गरेका एम्बुलेन्सको गति निकै कम हुने, भनेको ठाउँमा ब्रेक नलाग्नेलगायका समस्या रहेको भन्दै बिरामी बोक्नु पर्ने एम्बुलेन्स आफैं बिरामी भएकोले नचलाउने निर्णय गरेको बताए।
उनले कसैको ज्यान जोगाउने क्रममा ब्रेकका कारण दुर्घटना भएर अप्रिय घटना भए चालकमाथि नै दोष आउने भएकोले चलाउनु भन्दा नचलाउन नै उपयुक्त रहेको निष्कर्षमा आफूहरू पुगेको समेत बताए।
पढ्नुहोस्
एम्बुलेन्स खरीद प्रकरण: सुदूरपश्चिम लेखा समितिले फाइल मगायो
एम्बुलेन्स खरीद प्रकरण: सुदूरपश्चिमका मुख्यमन्त्रीले सामाजिक विकासमन्त्रीलाई सोधे स्पष्टीकरण
प्रदेश सरकारले दोब्बर मूल्यमा किनेका एम्बुलेन्स दुई महीनामै बिग्रिए!
अत्याधुनिक एम्बुलेन्स भन्दै सुदूरपश्चिम सरकारले बाँड्यो पुराना मिनि ट्रक
" /> कैलाली। संयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिमले प्रदेश सरकारले वितरण गरेका एम्बुलेन्स सुरक्षाको दृष्टिकोणले असुरक्षित भएको भन्दै नचलाउने निर्णय गरेको छ।एम्बुलेन्स नै भन्न नमिल्ले, तरकारी ढुवानीमा आवश्यक मिनीट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरिएको बताउँदै संघले उक्त गाडीलाई एम्बुलेन्स भन्न नमिल्ने दाबी समेत गरेको छ।

">