चीनको सीमा जोड्ने दार्चुला-तिंकर सडक सर्वेक्षण सम्पन्न
काठमाडौं। दार्चुला-तिंकर सडकअन्तर्गत ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि सर्वेक्षणको काम सकिएको छ। व्यास गाउँपालिका-२ को कोठेधारदेखि नेपाल-चीन सीमा स्तम्भसम्मको डीपीआरका लागि सर्वेक्षणको काम ३५ दिनमा सकिएको परामर्शदाता कम्पनी प्यारागन ग्रिड नेपाल जेभीका इञ्जिनियर सुशील देवकोटाले बताए। नेपाली सेनाले निर्माण गर्ने यो सडकको डीपीआर प्रतिवेदन दुई महिनामा तयार हुने इञ्जिनियर देवकोटाले बताए।रासस
प्रतिक्रिया दिनुहोस्