काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा देखिएका समस्याको समाधानका लागि आफू तयार रहेको बताएका छन्।
नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि अन्य समस्या समाधानका लागि आफूसहितको टोली अनुगमनमा गई तत्काल निर्णय गर्ने मन्त्री भट्टले बताएका हुन्।
‘नेपालमा सेजको पुर्वाधारको अवस्था’को विषयमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टले आफूसहितको टीमले अनुगमन गरी उद्योगीहरू सेजमा आकर्षित हुन नसक्नुको कारण सम्बन्धमा अध्ययन गरी तत्काल समस्या समाधान गरिने बताए।
कार्यक्रममा अर्थविद् डा. शंकर शर्माले भैरहवा सेजमा विद्युत आपूर्तिलगायत विभिन्न पूर्वाधारको समस्या रहेकाले उद्योगीहरू आकर्षित हुन नसकेको बताए।
उनले विद्युत प्राधिकरणले पाँच मेगावाट विद्युत तत्काल उपलब्ध गराउने भएपनि सेज भित्रकै व्यवस्थापनका कारण विद्युतको समस्या देखिएको बताए। जसले गर्दा उद्योगीहरू आकर्षित हुन नसकेको उनले बताए।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उपमहानिर्देशक हरराज न्यौपानेले भैरहवा सेजको विद्युत आपूर्तिमा पाँच मेगावाटसम्म अहिलेकै सिस्टमबाट विद्युत आपूर्ति गर्न सक्ने भएकाले विद्युतको समस्या आफूले बुझ्न नसकेको बताए। उनले बुटवलदेखि सेजसम्म पुग्ने ३३ केभी लाइनलाई ६ महीनाभित्रमा २९ केभी लाइन पुर्याइसक्ने प्रतिवद्धता जनाइसकेको बताउँदै सेजभित्रको वितरण प्रणाली प्रधिकरणको कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट पारे।
निर्यात गरिने वस्तु उत्पादनका लागि उद्योग स्थापना गर्न विशेष आर्थिक क्षेत्र (सेज)को अवधारणा आएको हो।
जसमा सरकारले कर तथा अन्य पूर्वाधारमा विशेष सुविधा दिने छ। सेजमा स्थापना भएको कम्पनीले पहिलो पाँच वर्षसम्म शतप्रतिशत आयकर छुट पाउने छ। त्यसपछि ५० छुट पाउने छ। त्यस्तै उद्योग सञ्चालनमा आएको एक वर्षसम्म उत्पादन भएको वस्तु वा सेवा अन्तरिक बजारमा विक्री गर्न पाउने छ भने १ वर्षपछि ६० प्रतिशत वस्तु निर्यात गर्नुपर्ने व्यवस्था छ।
तर, सेजमा पूर्वाधार विकास हुन नसक्दा अझैं लक्ष्य अनुसारका उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन्।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा देखिएका समस्याको समाधानका लागि आफू तयार रहेको बताएका छन्।नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि अन्य समस्या समाधानका लागि आफूसहितको टोली अनुगमनमा गई तत्काल निर्णय गर्ने मन्त्री भट्टले बताएका हुन्।

">