काठमाडौं। साना तथा मझौला व्यवसायीहरूको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन भएका छन्। संघको १५औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबाट अग्रवालको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएको हो।
अग्रवालले आफूले साना तथा मझौला व्यवसायीहरूको हितमा काम गर्ने बताए। उनले सरकारले नीति निर्माण गर्दा ठूला उद्योगी तथा व्यवसायीहरूसँग रायसुझाव लिने तर, आफूहरूलाई जानकारी नहुने अवस्थाको अन्त्य गर्न आफु लागिपर्ने समेत बताए।
पछिल्लो समय मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयन गर्ने अवस्थामा पनि त्यस्तै समस्या आएको बताउँदै अग्रवालले संघले व्यवसायीहरूको हितमा सरकारसँग समन्वय गरी काम गर्नेे बताए।
२०६१ सालमा स्थापित भएको संघमा काठमाडौंको न्यूरोड आसपासमा करीब आठ सय व्यवसायी आबद्ध छन्।
" /> काठमाडौं। साना तथा मझौला व्यवसायीहरूको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन भएका छन्। संघको १५औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबाट अग्रवालको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएको हो।अग्रवालले आफूले साना तथा मझौला व्यवसायीहरूको हितमा काम गर्ने बताए। उनले सरकारले नीति निर्माण गर्दा ठूला उद्योगी तथा व्यवसायीहरूसँग रायसुझाव लिने तर, आफूहरूलाई जानकारी नहुने अवस्थाको अन्त्य गर्न आफु लागिपर्ने समेत बताए।

">