अटोले दुई प्रहरीलाई हानेर गाँजा तस्कर भागे काठमाडौं।बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलबाट ना.१ ह ६५७९ नम्बरको अटोबाट प्रहरीले १५ केजी गाँजा शुक्रबार बिहान बरामद गरेको छ। हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको अटोलाई अमलेखगन्जबाट खटिएको प्रहरीले रोक्न खोजेको थियो।त्यसपछि दुई जना प्रहरीलाई ठक्कर दिई अटो चालक र अटोमा सवार व्यक्ति भागेका थिए। अटोको ठक्करबाट घाइते भएका २ जना प्रहरी कर्माचारीहरु अल्पाईन अस्पताल सिमरामा उपचार पश्चात डिस्चार्ज भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्