बर्दियामा २७ वर्षीया महिला बलात्कृत
काठमाडौं। बर्दियामा २७ वर्षीया महिला बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा बारबर्दिया नगरपालिका–५ बालापुर बस्ने १९ वर्षीय रुपेश थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। रुपेशले ती महिलालाई जेठ ५ गते स्थानीय पथ्थर कुलोमा बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्