सूचना आयोगका पदाधिकारीले शपथ लिए
<p>काठमाडौं। राष्ट्रिय सूचना आयोगका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनियताकाृ शपथ लिएका छन्।</p>
<p>प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा पद तथा गोपनियताको शपथ गराएका हुन्। </p>
<p>त्यसपछि प्रमुख आयुक्त गुरुङले प्रधानमन्त्रीको उपस्थितिमा आयुक्तहरू रत्नप्रसाद मैनाली र कमला ओली थापालाई शपथ गराएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। </p>
प्रतिक्रिया दिनुहोस्