चीनको जुरोङ रोभरले खिच्यो मंगल ग्रहमा सेल्फी एजेन्सी। चीनको जुरोङ रोभरले मंगल ग्रहबाट सेल्फीसहित केही नयाँ तस्बीरहरू खिचेको छ। गत मेमा अवतरण भएको रोबोटले एक वायरलेस क्यामरालाई मंगलको जमीनमा राख्दै केही छोटो दूरीमा घुमेर सेल्फी खिचेको हो। मंगल ग्रहको वातावरण र माटोको बारेमा अनुसन्धान गर्न गएको चिनियाँ रकेट आगामी ९० दिनसम्म मंगलमा रहने अपेक्षा गरिएको छ। रोभरले खिचेका यी तस्बीरहरु चिनियाँ अन्तरिक्ष एजेन्सीले सार्वजनिक गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्