काठमाडौं। भारतले नेपालबाट निर्यात हुने पाम आयलको आयातमा रोक लगाएपछि नेपालको अस्वाभाविक निर्यात वृद्धिमा ‘ब्रेक’ लाग्ने भएको छ। दुई वर्षअघि निर्यात नै नहुने पाम तेल पछिल्लो समय भारततर्फ अर्बौंमा निर्यात हुँदै आएको छ।
तर, भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २३ पुसमा एक सूचना जारी गर्दै पाम तेलको आयातमा रोक लगाएको हो। यसअघि भारतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै पाम आयलमा कति प्रतिशत मूल्य वृद्धि भएको छ भनेर प्रश्न गरेको थियो।
त्यसको जवाफमा मन्त्रालयले आयातित पाम आयलमा ३० प्रतिशतसम्मको मूल्यवृद्धि भएको जानकारी गराउँदै पाम तेल प्रशोधन गर्ने नेपालका उद्योग भ्रमण गर्न निमन्त्रणा गरेको थियो।
तर, त्यसको केही समयपछि नै भारतले पाम तेलको आयातमा रोक लगाएको छ। एकाएक नेपालको निर्यातमा आएको वृद्धिसँगै नेपाल–भारत व्यापारमा नेपालको स्थिती सुधारिँदै आएको थियो। साथै, पछिल्लो समय विदेशबाट आयात घट्दै गएको र आयातित पाम तेलले निर्यात उचालेसँगै अर्थमन्त्रालय पनि उत्साहित देखिन्थ्यो।
केहीदिन अघि निर्यात दिवसको कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पाम तेलको निर्यात बढ्दा नेपाललाई फाइदा पुग्ने बताएका थिए। भनेका थिए, “बाहिरी देशबाट आयात गरिएको पाम तेलमा ३० प्रतिशतको मूल्यवृद्धि भएको छ। र, त्यो साउथ एशियन फ्रि ट्रेड एग्रीमेन्ट अनुसार नै छ।”
हुन पनि पछिल्लो समय पाम तेलले नेपालको वैदेशिक व्यापार घाटालाई खुम्च्याउँदै आएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको शुरूको पाँच महीने अवधिमा मात्रै नेपालबाट भारततर्फ ११ अर्ब ५२ करोड रूपैयाँको प्रशोधित पाम आयाल निर्यात भएको छ। यस्तै यो अवधिमा २७ करोड रूपैयाँको कच्चा पाम आयल निर्यात भएको छ।
कूल निर्यातमा पाम तेलको हिस्सा
यसै साता व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार पाम र सोयाबिन आयलबाहेक अधिकांश वस्तुको निर्यात घटेको छ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष ७५६ दशमलव १ प्रतिशतले पाम आयलको निर्यात बढेको केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। गत वर्षको पाँच महीनामा एक अर्ब ३४ करोड रूपैयाँ बराबरको पाम निर्यात भएको थियो भने यस वर्ष ११ अर्ब ५२ करोड रूपैयाँ बराबरको पाम आयल निर्यात भईसकेको छ।
गत वर्ष नेपालबाट १० अर्ब ३३ करोड रूपैयाँको मात्रै पाम आयल निर्यात भएको थियो। तर, यस वर्षको पाँच महीनामै गत वर्ष निर्यात भएको कूल रकमभन्दा एक अर्ब १९ करोड बढीको निर्यात भइसकेको छ। निर्यात बढेसँगै कूल निर्यातमा पाम तेलको हिस्सा २४ दशमलव २५ प्रतिशत छ।
त्यस्तै, गत वर्ष १० करोडको मात्र निर्यात भएको सोयाबिन तेल पाँच महीनामा दुई हजार ७७३ प्रतिशतले बढेर तीन अर्ब आठ करोड रूपैयाँ पुगेको छ। नेपालको कूल निर्यातमा सोयाबिन तेलको हिस्सा साढे ६ प्रतिशत छ।
पाम तेलले उचालेको निर्यात
गत वर्षको पाँच महीनाको तुलनामा यस वर्ष २७ प्रतिशतले निर्यात बढेको छ। आर्थिक वर्ष २०७५÷७६ को पाँच महीनामा नेपालबाट कूल ३७ अर्ब ५० करोड रूपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
तर, यस वर्ष १० अर्ब ११ करोडले निर्यात बढेर ४७ अर्ब ६१ करोड रूपैयाँ पुग्यो। यो रकम बढ्नुमा सोयाबिन र पाम तेलको बाहेक अन्य वस्ुतको खासै योगदान छैन।निर्यात भएको कुल रकमबाट पाम तेलको ११ अर्ब ५२ करोड रकम घटाउँदा ३६ अर्ब ९ करोड हुन आउँछ। यसमा निर्यात भएको सोयाबिन तेलको रकम घटाउँदा ३३ अर्ब १ करोड रूपैयाँ हुँन्छ।
‘नेपाललाई मात्र रोकेको हैन’
भारतले नेपालबाट निर्यात हुने पाम तेलको आयातमा मात्रै रोक लगाएको हैन। वैदेशिक व्यापार महानिर्देशनालयले सार्वजनिक गरेको सूचनाले सम्पूर्ण देशबाट आयात हुने पाम तेलको आयातमा रोक लगाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका वाणिज्य सहसचिव नवराज ढकालले सम्पूर्ण देशबाट आयात हुने तेलको आयात रोक्दा नेपाल पनि परेको बताए। उनले भने “भारतले नेपाललाई लक्षित गरेर आयातमा रोक लगाएको हैन।”
तर, मन्त्रालय यसलाई प्रतिबन्ध भन्न नमिल्ने बताउँछ। यसलाई प्रतिबन्ध भन्दा पनि ‘रेष्ट्रिक्टेड’ गरेको भन्नु पर्ने मन्त्रालयको तर्क छ। भारतले गरेको आफ्नो संशोधनलाई पुनः संशोधन गरेर आयात खुला गर्दै नेपाललाई निर्यातको निश्चित कोटा दिने सम्भावना रहेको मन्त्रालय बताउँछ।
निर्यात खोल्न मन्त्रालयले आवश्यक पहल गर्ने तथा अर्को विकल्पको खोजीमा लाग्ने तयारी मन्त्रालयले गरेको छ। तर, अर्थविद्हरू भने यसलाई नेपालमा यसको आयात महशुल भारतभन्दा सस्तो हुनु र त्यसको फाइदा व्यापारीहरूले उठाउनु भएको बताउँछन्।
साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भारोमेन्टका अध्यक्ष पोषराज पाण्डेले पाम आयलको निकासी बढ्दा नेपाललाई फाइदा नभई घाटा हुने बताए। उनले अस्वभाविक रूपमा यसको निर्यात बढ्दा नेपाल–भारत व्यापार सम्बन्धलाई नै बिगार्ने सम्भावना आउन सक्ने बताए।
के भन्छन् व्यवसायी ?
पाम आयल निर्यात गर्ने व्यवसायीहरू भने यसबाट नेपाललाई फाइदा पुग्ने बताउँछन्। दक्षिण एशियाली देशमध्ये नेपालले मात्र नभई बंगलादेश र श्रीलंकाले पनि भारततर्फ प्रशोधित पाम तेलको निर्यात गर्दै आएको व्यवसायीहरू बताउँछन्।
भारतले ‘प्रोहिबिटेड’ नभई ‘रेष्ट्रिक्टेड’ भनेकाले सरकारले प्रयास गर्ने हो भने भारतले आयत खुला गर्न सक्ने उनीहरूको तर्क छ।
नेपालबाट भारततर्फ पाम तेलको निकासी गर्दै आएका आनन्द बगारियाले भारतले नेपाललाई कृषिक्षेत्रमा दिँदै आएको छुटको प्रयोग गरेर पाम आयल निर्यात हुँदै आएको बताए।
नेपालमा पाम आयलको आयातमा भन्सार दर १० प्रतिशत छ। निकासी गरेपछि सरकारले भन्सार फिर्ता गर्ने प्रावधान छ। तर, भारतले दक्षिणपूर्वी एशियाली मुलुकबाट यसको आयातमा ४० प्रतिशत भन्सार लगाउँछ।
पछिल्लो समय कश्मिरको मुद्दालाई लिएर मलेसिया तथा भारतबीच मतभेद बढ्दा भारतका पाम आयल आयातकर्ताले मलेसियाबाट पाम आयल आयात नगर्ने घोषणा गरेका थिए।
त्यसैको परिणामस्वरूप नेपालबाट पछिल्लो पाँच महीनाको अवधिमा पाम तेलको निकासी बढेको छ।
पढ्नुहाेस्
सोयाबिन र पाम आयलले धान्दै नेपालको निर्यात व्यापार, अधिकांश वस्तुको निकासी ओरालो
पाम आयल निर्यातमा अस्वाभाविक वृद्धिपछि भारतले सोध्यो- 'पाममा मूल्यवृद्धि कति प्रतिशत छ ?'