राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो हटाउन अदालतको आदेश
काठमाडौं। जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले यौन दुर्व्यवहारको भिडियो युट्युबबाट हटाउन आदेश दिएका हुन्।आदेशमा भिडियो नहटाउने साइट तत्काल बन्द गर्न समेत भनिएको छ।जेठ २३ गते यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि सुर्खेत प्रहरीले आरोपित गुर्भाकोट नगरपालिका-९ विनोद पुन,दोमनबहादुर घर्ती र भूपेन्द्र बुढालाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्