पूर्वबाट पश्चिम सर्दै मनसुन बर्षा काठमाडौं। नेपालको पूर्वीक्षेत्रबाट भित्रिएको मनसुनको कारण प्रदेश-१, प्रदेश-२ र वागमती प्रदेशमा आज बर्षा भइरहेको छ। मनसुन एकदुई दिनमै देशैभरी फैलिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्