बिहान कति बजे उठ्नुहुन्छ ?
त्यस्तै सात/साढे सात बजेतिर उठ्छु। आजकाल जाडो महीना भएकाले ढिलो उठ्छु।
बिहानमा के गर्नुहुन्छ?
विदेशबाट फर्किएपछि एक हप्ता जति मर्निङवाक जान्थेँ। अचेल हात मुख धोएर देउता ढोग्न जान्छु। चिया नास्ता खान्छु। दिउँसोको लागि सामान प्याक गर्दागर्दै खाना खाने बेला भइसकेको हुन्छ। खान खाइसकेपछि सपरिवार घरबाट बाहिर निस्कन्छौं।
घरमै हो देउता ढोग्ने?
घरमै देउता ढोग्ने बानी छ।
भनेपछि तपाई आध्यात्मिक हो?
आध्यात्मिक भन्दा पनि आफूभन्दा ठूलो त केही छ भन्ने लाग्छ। श्रद्धा र आस्था छ।
भगवान छन् जस्तो लाग्छ?
केही न केही शक्ति त छ। कसैले त्यसलाई देउताको रूपमा लिन्छन् होला कसैले अदृश्य शक्तिको रूपमा। तर, हामी भन्दा माथि ऊर्जा छ भन्ने विश्वास गर्छु।
खाना आफैं बनाउनुहुन्छ कि अरुले बनाउँछन्?
अचेल किचनमा धेरै पस्न पाएकी छैन। तर, मलाई खाना बनाउन, खुवाउन निकै रमाइलो लाग्छ।
कस्तो खाना बढी मन पर्छ?
नेपाली खाना। जहिले पनि दालभात खान मन पर्छ।
अस्ट्रेलियामा बस्दा पनि दाल भात खान पाइन्छ?
किन नपाउने! कोठामा हुँदा त आफैं पकाएर खान्छु। जहिले पनि आफैं बनाएर खाने हो। दालभात त कहिल्यै छुटेन।
तपाईंलाई सबैभन्दा मन पर्ने मान्छे को हो?
मलाई सबभन्दा मन पर्ने मान्छे भनेको मामु नै हो। केही पर्दाखेरी रमाइलो गर्नु परे पनि, केही दुःख सुखका कुरा गर्नु परे पनि, यसै बस्नु परे पनि मामुसँगै हुन्छु।
मन नपर्ने मान्छे नि?
त्यस्तो खासै मन नपर्ने मान्छे त छैन। हरेक मान्छेमा मन पर्ने र मन नपर्ने कुरा धेरै छन्। मान्छे नै मन नपर्ने भन्ने छैन।
कत्तिको अल्छि छु जस्तो लाग्छ?
अल्छि नै छु। विशेषगरी जाडोमा मलाई यताउता गर्न निकै गाह्रो लाग्छ। व्यवहार अलि अल्छि नै छ। तर, घर परिवारले अहिलेसम्म तँ धेरै अल्छि भइस् भनेर भन्नु भएको छैन। मलाई आफूलाई चाहिँ लाग्छ। तर, मेरो स्वभाव चाहिँ काम गरिरहने हो । मिस वर्ल्ड सकिएपछि पनि म एक हप्ता परिवारसँग बस्छु भनेकी थिएँ। तर, केही नगरी बस्नै गाह्रो भयो। कामको लागि नै वर्कहलिक नै छु। सुत्न दियो भने घण्टौंसम्म सुत्छु।
दैनिक कति घण्टा सुत्नु हुन्छ?
अचेल त ६ देखि ७ घण्टा मात्र भइरहेको छ। तर, पहिलदेखि ८ देखि १० घण्टा सुत्ने गर्थेँ।
स्वास्थ्यमा कत्तिको ध्यान दिनुहुन्छ?
त्यति धेरै ख्याल राख्ने, फिट हुनैपर्छ भनेर लागि पर्दिनँ। अहिलेसम्म ब्यालेन्स नै छ। तर, कतिपय समस्या छन्। ग्याष्ट्रिक पीडित छु। त्यसैले खानाको अलिकति ख्याल गर्नुपर्ने हुन्छ। त्यसबाहेक पिनास पनि छ
के–के खाना बार्नुहुन्छ?
सिद्रा माछाहरू खान सक्दिनँ। तामा खायो भने पिनास बल्झिन्छ। चिल्लो खान नहुने हो तर, पनि खान्छु। पिरो चाहिँ थोरै पनि खादिनँ।
जीम जाने, योग गर्ने कत्तिको गर्नुहुन्छ?
अहिलेसम्म योग गरेकी छैन। पहिला जीम क्लास चाहिँ जाने गरेकी थिएँ। रमाइलो पनि लाग्थ्यो। अब फेरि शुरू गर्छु।
जीम जाँदिन, योग गर्दिनँ भन्नुहुन्छ। तर, फिट देखिनुहुन्छ। राज के हो?
म एकदमै फिट छु जस्तो लाग्दैन। तर, काममा हिंडिरहँदा आफैं फिट भइदोरहेछ। हिंडिरहँदाखेरी कुद्नु पर्ने हुन्छ। काममा हिंड्दा खानपान पनि समयमै गरिँदोरहेछ। समयमा मिलाएर खाएन भने कामै रोकिने डरले पनि खाइन्छ।
बिरामी कतिको पर्नुहुन्छ?
म बिरामी अलि धेरै नै परिरहेकी हुन्छु। त्यस्तो कुनै ठूलो रोग त अहिलेसम्म छैन। तर, पेट दुख्ने, पिनासले दुःख दिने चाहिँ भइरहन्छ।
प्रेम सम्बन्धमा हुनुहन्छ?
आईएम इन कमिटेड रिलेसन।
विवाह कहिले गर्ने?
दुई चार वर्षसम्म योजना छैन।
कोसँग हो त्यस्तो कमिटेड रिलेसन, खुलाउन मिल्छ?
अहिले भन्दा त्यो नै हाइलाइट हुँदोरहेछ। फेरि प्रमोशन गर्दै हिंड्ने कुरा पनि होइन। लुकाएर पनि बस्ने कुरा होइन। जे छ त्यो आफ्नो ठाउँमा छ।
भनेपछि अहिले नाम सार्वजनिक गर्न चाहनुहुन्न?
मैले लुकाएको पनि छैन। खुलाउनलाई केही पनि छैन।
रिस कतिको उठ्छ?
रिस अलि चर्को नै छ।
रिस उठेपछि के गर्नुहुन्छ?
एकदम धेरै रिस उठ्यो भने आँसु झर्छ। मान्छेले म रोएको भन्ठान्छन् तर, म रोएको होइन, रिसले हो।
जीवनमा के–के गर्ने योजना छ?
जीवनमा त धेरै गर्न बाँकी छ। केही गरेकै छैन जस्तो लाग्छ। आफू जन्मेको केही न केही औचित्य होस् जस्तो लाग्छ। आफू जन्मेर आफूमै विलिन नभई सक्दो ठूलो सेरोफेरेमा प्रभाव छाडिकन जाउँ भन्ने छ।
भ्रमण गर्न कतिको मन पर्छ?
बढ्दै गइरहेको छ। पहिला त खासै रुचाउँदिनथेँ। तर, जति घुमफिर गर्ने मौका पाएँ त्यति रूचि त बढ्दै गइरहेको छ। विशेषगरी यो वर्ष ‘इन्ट्रडक्सन भिडिओ’ बनाउने बेला देशभित्र धेरै घुम्ने मौका पाएँ। विदेश भ्रमण गर्ने मौका पनि पाएँ। त्यसपछि भ्रमणप्रति रूचि बढ्यो।
केही अविस्मरणीय क्षण छन्?
थुप्रै छन्। अविस्मरणीय भन्दा पनि खुशीका क्षण छन्। दुःखका पनि छन्। तर, मिस नेपालको ताज पहिरिएको क्षण चाहिँ अविस्मरणीय छ। शुरूमा त्यहाँसम्म पुग्छु जस्तो लागेकै थिएन। पहिलो पटक होला घोडाको टाप लगाएजसरी एकाग्र भएर मिहिनेत गरेको।
साथीभाइको नजरमा तपाईं कस्तो हो?
साथीभाइहरूले भने अनुसार म टीमको म्यानेजर जस्तो भएर बस्छु। साथीभाइहरू पनि विभिन्न ठाउँमा छन्। उनीहरूसँग सँधै नजिक हुने, सबैलाई फोन गरिराख्ने, टचमा राखिराख्ने व्यक्ति म हुँ भन्छन्।
तपाईंलाई एक दिनका लागि प्रधानमन्त्री बनाइदियो भने के गर्नुहुन्छ?
सबै ठूला नेतालाई राखेर एउटा सेसन गराउँछु होला। एक दिनमा परिवर्तन त के नै गर्न सकौंला र? तर, त्यो एक दिनले हरेक मान्छेले आफूले गर्नुपर्ने जिम्मेवारी राम्रोसँग निर्वाह गर्यो भने ठूलो परिवर्तन हुनसक्छ भन्ने स्थापित गर्न चाहन्छु।
राजनीतिमा कतिको रूचि राख्नुहुन्छ?
प्रत्यक्ष रूपमा अहिलेसम्म सहभागी भएकी छैन। त्यस्तो रूचि अहिलेसम्म आएको पनि छैन। सिक्दै पनि छु। अहिले मिस नेपालको रूपमा आफ्नो दायित्व पूरा गर्नेमा केन्द्रित छु। राजनीतिका दुई पक्ष हुन्छन्, एउटा राजनीतिज्ञ भयो अर्को जनता। म जनताको तर्फबाट कसरी आफ्नो दायित्व पूरा गर्न सकिन्छ भन्ने पक्षमा बढी केन्द्रित छु।
जीवनदेखि नै हरेश खाएर मर्न पाए नि हुन्थ्यो भन्ने कुनै बेला लाग्छ?
अहिले त छैन। अष्ट्रेलियामा पढ्न जाने बेलामा भने त्यस्तो पनि लाग्थ्यो। शुरूशुरूमा त म यहाँ किन आए? के गरिरहेकी छु म? भन्ने लाग्थ्यो। बिस्तारै रिजल्ट राम्रै आउन थाल्यो। त्यहाँ पढाइ भन्दा अनुभवलाई प्राथमिकता दिइन्थ्यो। त्यहाँ मैले जीवनको अर्थ बुझेँ। हरेश खान हुन्नरैछ भन्ने महसुस गरेँ।