डेनमार्कले नेपाललाई स्वास्थ सामाग्री दिने
काठमाडौं। डेनमार्कले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग स्वरूप स्वास्थ सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ। डेनमार्कको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेको हो। डेनमार्कले २६ वटा रेस्पिरेटर्स, पीपीई र अन्य मेडिकल सामाग्री नेपाललाई छिट्टै हस्तान्तरण गर्ने जनाएको छ। नेपालमा कोरोना महामारी बढेपछि विभिन्न देशबाट सहयोग आउने क्रम जारी छ।
प्रतिक्रिया दिनुहोस्