बाइडेन-पुटिन भेटवार्ताका लागि सुरक्षा कडा
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी साता हुने शिखर वार्तालाई दृष्टिगत गर्दै स्विटजरल्यान्डको जेनेभामा सुरक्षा व्यवस्था कडा पारिने भएको छ। जेनेभा सहरको वायुक्षेत्र अस्थायी रुपमा प्रतिबन्धित गरिने र उक्त क्षेत्रमा हजार सैनिक तैनात गरिन लागेको हो। पछिल्लो समय रुस र अमेरिकाबीचको सम्बन्ध चिसिएको छ। बाइडेन आफ्नो पद बहालीपछि पहिलो विदेश यात्रामा निस्केका हुन्।
प्रतिक्रिया दिनुहोस्