आज र भोलि जी-७ बैठक, मुल मुद्दा कोरोना महामारी एजेन्सी। ग्रुप अफ सेभेन(जी-७)को शिखर सम्मेलन आज १२ तारिखदेखि सुरु हुँदैछ। डिजिटल माध्यमबाट हुने सम्मेलनको यसपटकको मुख्य मुद्दा कोरोना महामारीबाट विश्वलाई जोगाउने कार्यको नेतृत्व, जलवायु परिवर्तन तथा निष्पक्ष र मुक्त व्यापारलगायत रहेको छ। यस पटकको जी-७ को अध्यक्षता बेलायतले गरेको छ। समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका र बेलायतका साथै युरोपियन युनियनसमेत छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्