पाकिस्तानमा ८.४८ लाख करोडको वार्षिक बजेट
एजेन्सी। पाकिस्तान सरकारले आर्थिक वर्ष २०२१/०२२ का लागि ८.४८ लाख करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बजेटमा सबैभन्दा ठूलो आकार रक्षाको रहेको छ। रक्षामा पाकिस्तानले १.३७ लाख करोड रुपैयाँ छु्ट्याएको छ। पाकिस्तानी अर्थमन्त्री शौकत तारिनले नेसनल एसेम्ब्लीमा शुक्रबार बजेट पेश गर्दै सरकारले सार्वजनिक क्षेत्र विकास कार्यक्रमलाई प्राथमिकता दिएको बताए। पाकिस्तानले यो आवमा जीडीपी वृद्धि ४.८ प्रतिशतको लक्ष्य लिएको छ।
प्रतिक्रिया दिनुहोस्