म्याग्दीमा बाढीले बस्तीसहित सरकारी भवन जोखिममा म्याग्दी। बेनीको मंगलाघाटस्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेको छ। शुक्रबार साँझदेखि परेको बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको छ।बेनी-अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मंगलाघाट क्षेत्रमा रहेको सुकुम्बासी बस्ती पनि जोखिममा परेको छ। "राती दुई बजे बाढी आएपछि भागाभाग भयो,"सहायक वन अधिकृत नबिन बिश्वकर्माले बताए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्