टेलिकम कम्पनीको लाइसेन्स खारेजीको निर्णय मन्त्रिपरिषद्ले उल्टायो

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले पाँच महीनाअघि गरेको तीनवटा टेलिकम कम्पनीको अनुमतिपत्र खारेर गर्ने निर्णय मन्त्रिपरिषद्ले उल्टाएको छ।

नेपाल स्याटेलाइट टेलिकम प्रालि, स्मार्ट टेलिकम प्रालि र वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिले लाइसेन्सबापतको रोयल्टीलगायतको रकम नतिरेपछि प्राधिकरणले १३ साउनमा अनुमतिपत्र खारेजीको निर्णय गरेको थियो।

उक्त निर्णय मन्त्रिपरिषद्ले कम्पनी सञ्चालकहरूको मागअनुसार उल्टाएको आजको कान्तिपुर दैनिकमा समाचार छ।

मन्त्रिपरिषद्को २१ पुसको बैठकले ती कम्पनीलाई बाँकी रकम साँवाब्याजसहित पाँच वर्षभित्र बुझाउन समय दिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् निर्णय २४ पुसमा सार्वजनिक गर्दे उनीहरूलाई बक्यौता तिर्न पाँच वर्षको सहय दिइएको बताएका छन्।

लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णयविरुद्ध टेलिकम कम्पनीहरू सर्वोच्च अदालत गएका थिए।

सर्वोच्चले पनि प्राधिकरणको निर्णयलाई जायज ठहर्‍याएपछि कम्पनीहरूले निर्णय पुनर्विचार गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग अनुरोध गरेका थिए।

टेलिकम कम्पनीहरूको मागअनुसार सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर प्राधिकरणको निर्णय उल्टाएको हो।

प्रतिक्रिया दिनुहोस्