भारतीयमूलकी मेघा राजगोपालनलाई पुलित्जर एजेन्सी। भारतीयमूलकी मेघा राजगोपालनले संसारकै ख्यातिप्राप्त पत्रकारिता पुरस्कार पुलित्जर पाएकी छन्। राजगोपालनले चीनमा उइगर मुसलमानमाथिको अन्यायबारे विश्लेषण गरेकी थिइन्। मेघाका साथै एलिसन किल्लिङ र क्रिस्टो बुसेकले अन्तर्राष्ट्रिय रिपोर्टिङमा पुलित्जर पाएका छन्। अमेरिकाकी डार्नेला फ्रेजियरलाई पुलित्जर स्पेसल साइटेसन दिइएको छ। उनले प्रहरीद्वारा जर्ज फ्लोयड मारिएको दृश्यको रेकर्ड गरेकी थिइन्। १९१७ मा सुरु भएको पुलित्जर अमेरिकाको सबैभन्दा प्रतिष्ठित पत्रकारिता पुरस्कार हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्