कस्तूरी पाल्नुस्, बिना बेच्नुस् !

दोलखा। बिना बेच्नका लागि अब कस्तूरी पाल्न पाइने भएको छ।

बिनाका लागि सिकार भइरहेका बेला अब संरक्षित जंगली जनावर कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ।

कस्तूरी पाल्नका लागि गौरीशंकरण संरक्षण क्षेत्र आयोजनाले आव्हान गरेको छ।

आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेलाई कस्तूरी नै उपलब्ध गराउने भएको छ।

कस्तूरी पाल्न चाहनेहरूका लागि अब आफ्नै क्षेत्रभित्र पाल्न दिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए।

जंगली जनावर पालेरै त्यसबाटै राम्रो आम्दानी लिन चाहनेहरूले निश्चित मापदण्ड पूरा गरी आयोजना कार्यालयमा आउन उनले आव्हान गरेका छन्।

कस्तूरी पाल्न चाहिने न्यूनतम पूर्वाधार तयार गरी कार्यालयमा सम्पर्क गरे संरक्षण क्षेत्र भएकै कस्तूरी उपलब्ध गराउने आजको कारोबार दैनिकमा समाचार छ।

माऊ कस्तूरीबाट पाठापाठी जन्मिएपछि माऊ संरक्षण क्षेत्रलाई नै फिर्ता गर्नुपर्छ।

एउटा कस्तूरीले वर्षमा २० तोलासम्म बिना उत्पादन गर्छ। कस्तूरीको बिना अन्तर्राष्ट्रिय बजारमा लाखौं मूल्यमा बिक्री हुने भएकाले यसको चोरी तस्करी र सिकार हुने गरेको छ।

सरकारले कानून मार्फत नै जंगली पशुपन्छी पनि घरपालुवा जनावर जसरी नै पाल्न सकिने व्यवस्था गरेकाले संरक्षण क्षेत्रमा पनि कस्तूरी पाल्न दिने भएको हो।

त्यसैगरी जंगलमा पाइने कालिज, तित्रा जस्ता पन्छी पनि पाल्नका लागि दिइने संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्