राष्ट्रिय सभा सदस्य उम्मेदवारको अन्तिम नामावली आज
काठमाडौं। आउँदो ९ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ।

२४ पुसमा १० देखि चार बजेसम्म मनोनयन फिर्ता गर्न तोकिएको समयमा कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ।

दिनको एक बजेदेखि अपरान्ह चार बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

राष्ट्रिय सभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ।

दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ।

२० फागुनमा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य छन्।

स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्