बीपी राजमार्गको सूचना प्रणाली ६ वर्षदेखि प्रयोगबिहीन
काठमाडौं। बीपी राजमार्गमा राखिएको आकस्मिक सूचना प्रणाली विगत ६ वर्षदेखि चलेको छैन। राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबासअन्तर्गत प्रवेशस्थल धुलिखेलमा राखिएको डिजिटल सूचना बोर्डमा मौसमअनुसारको सूचना अद्यावधिक हुन छाडेको छ। राजमार्गको अवस्थाबारे जानकारी दिने उद्देश्यले धुलिखेललगायतका स्थानमा बोर्ड राखिएको थियो। सडक निर्माणकर्ता जाइकाले उक्त प्रणाली विकास गरेको थियो। प्रविधि चलाउने जनशक्ति नहुनाले सूचना दिन नसकिएको सडक विभागले बताएको छ।
प्रतिक्रिया दिनुहोस्