बाइडेन र मर्केल भेट्दै
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच जुलाई १५ मा वासिंटनमा भेटवार्ता हुने भएको छ। दुई नेताबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हुने भेटमा समसामयिक राजनीति र साझा चुनौतीबारे छलफल हुने बताइएको छ। कोरोना महामारी, जलवायु परिवर्तनले निम्त्याएको खतरा, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सुरक्षा, पारस्परिक प्रजातान्त्रिक मूल्यमान्यताका साथै द्विपक्षीय सम्बन्धको महत्वबारे छलफल हुने ह्वाइट हाउसले शनिबार बताएको छ।
प्रतिक्रिया दिनुहोस्