देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना काठमाडौं।आज देशभर मौसम सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१ देखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुनी वायुको तथा बाँकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण केही स्थानमा वर्षा भईरहेको छ। दिउँसो देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–२, गण्डकी र लुम्बिनीका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्