सोमालियामा अल सबाबका १७ लडाकू मारिए
एजेन्सी।सोमालियाली सेनाले गरेको कारबाहीमा परेर कम्तीमा १७ जना सशस्त्र लडाकूको ज्यान गएको छ। सैन्य अधिकारीकहरुका अनुसार सोमालियाका विभिन्न दुई प्रान्तमा सेनाले गरेको कारबाहीमा अलसेबाब विद्रोही समूहका लडाकू मारिएका हुन्। सोमालिको हिरानमा त्यहाँको सेनाले विद्रोहीविरुद्ध कारबाही गर्दा उक्त संख्यामा विद्रोही मारिएका हुन्। ती क्षेत्रमा लामो समयदेखि विद्रोहीले हतियार लुकाएर राखेको र हिंसात्मक गतिविधि गरेको सूचनाका आधारमा सेनाले कारबाही गरेको हो।
प्रतिक्रिया दिनुहोस्