अफगानिस्तानमा मिनीभ्यानमा बम विस्फोट, सातको मृत्यु एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा शनिबार दुई स्थानमा मिनीभ्यानमा गरिएको बम विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको छ। विस्फोट सिया बहुल क्षेत्रमा भएको त्यहाँको गृह मन्त्रालयले बताएको छ। दुई मिनीभ्यानको दूरी करिब दुई किलोमिटर थियो। विस्फोटको जिम्मेवारी कसैले लिएको छैन। यसै महिनाको सुरुवातमा इस्लामिक स्टेट नामक संगठनले चार मिनीभ्यानमा गराएको विस्फोटमा १८ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्