मन्त्रिमण्डल पुनर्गठनको मुडमा नरेन्द्र मोदी
काठमाडौं।राजनीतिक उतारचढाव नेपालमा मात्र होइन, छिमेकी भारतमा पनि भइरहेको देखिन्छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी कंग्रेस छाडेर बीजेपी भित्रने कतिपय नेतालाई खुसी पार्न मन्त्री बनाउने गृहकार्य थालेका छन्।राज्यसभा सांसद ज्योतिरादित्य सिन्धियालाई चाँडै नै मन्त्रिमण्डलमा सहभागी गराउन मोदी लागिपरेका छन्। सिन्धिया १५ महिनाअघि कंग्रेस छाडेर बीजेपी प्रवेश गरेका थिए। मोदीको दोस्रो कार्यकालको दुई वर्ष पूरा भएपछि उनले मन्त्रिमण्डलमा फेरबदल गर्न चाहेका हुन्।
प्रतिक्रिया दिनुहोस्