काठमाडौं। नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा उपसभामुख शिवमाया तुम्बाहाङ्फेबीच भेटवार्ता भएको छ।उपसभामुखनिकट स्रोतका अनुसार नेकपा अध्यक्षद्वय र उपसभामुख तुम्बाहाङ्फेबीच आज भेटवार्ता भएको हो।
२७ पुसमा बोलाइएको संसद बैठकका विषयमा उनीहरूबीच कुराकानी भएको छ। २७ गतेको संसद बैठकले सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी छ। तर, सत्तारूढ नेकपाले अहिलेसम्म कसलाई सभामुख बनाउने भन्ने टुंगो लगाएको छैन।
नेकपाले सभामुख नटुंग्याउँदा संसद बैठक स्थगित हुँदै आएको छ।
सभामुखका लागि उपसभामुख तुम्बाहाङ्फे, पूर्वसभामुख सुवास नेम्वाङ र नेकपा नेता अग्नि सापकोटाको नाम चर्चामा छ। नेकपा भित्रको पूर्वमाओवादी समूहले कुनै हालतमा सभामुख नछोड्न अध्यक्ष दाहाललाई दबाब दिइरहेका छन्।
वर्तमान उपसभामुख तुम्बाहाङ्फेले आफू सभामुखको स्वभाविक दाबेदार रहेको बताउँदै आएकी छन्।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने नेकपा संसदीय दलका उपनेता समेत रहेको पूर्वसभामुख नेम्वाङलाई नै सभामुख बनाउने चाहेको चर्र्चा। नेकपाभित्रको माधव नेपाल समूह भने सभामुख चयनका विषमया मौन देखिएको छ।
दुई अध्यक्षबीच नै सहमति नजुटेपछि सभामुख चयनमा ढिलाइ भएको नेकपा नेताहरू बताउँछन्।
" /> काठमाडौं। नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा उपसभामुख शिवमाया तुम्बाहाङ्फेबीच भेटवार्ता भएको छ।उपसभामुखनिकट स्रोतका अनुसार नेकपा अध्यक्षद्वय र उपसभामुख तुम्बाहाङ्फेबीच आज भेटवार्ता भएको हो।२७ पुसमा बोलाइएको संसद बैठकका विषयमा उनीहरूबीच कुराकानी भएको छ। २७ गतेको संसद बैठकले सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी छ। तर, सत्तारूढ नेकपाले अहिलेसम्म कसलाई सभामुख बनाउने भन्ने टुंगो लगाएको छैन।

">